Banner news

मालपोतमा अव्यवस्थित टोकन प्रणालीले सेवाग्राहीलाई सास्ती

मालपोतमा अव्यवस्थित टोकन प्रणालीले सेवाग्राहीलाई सास्ती


दमक । मालपोत कार्यालय दमकमा सेवा लिन आउदा टोकन प्रणाली लागु भएपछि सेवाग्राहीहरुले सास्ती भोग्नु परेको बताएका छन् ।

केही साताअघिबाट मालपोत कार्यालयले लागु गरेको टोकन प्रणाली ब्यवस्थित नहँुदा सेवाग्राहीले सास्ती भोग्नु परेको हो । कार्यालय विहान ९ बजे खुल्ने भए पनि सेवाग्राहीहरु विहान सखारै आएर टोकन लिन लाइन बस्नु परेको सेवाग्राहीहरु बताउछन् ।

अनिता शिवाकोटी शिवगञ्जबाट जग्गा रोक्काको कामका लागि मालपोत धाएको ३ दिन भएको बताउनु भयो । टोकन लिन लाइनमा बसेकी अनितालाई काम हुन्छ भन्ने कुरामा दुविधा रहेको छ । सास्ती भोग्ने अनिता एक प्रतिनिधि पात्र मात्र हुन । कार्यालय प्रमुख समक्ष आफना समस्या र गुनासो राखे पनि समस्या उस्तै रहेको धेरै सेवाग्राही बताउछन् ।

मालपोत कार्यालय दमकका निमित्त प्रमुख जीत बहादुर श्रेष्ठले टोकन प्रणाली लागु भएपछि सेवा लिन आउनेहरुको गुनासो आइरहेको रहेको स्वीकार गर्नु भयो । मालपोत कार्यालयको कर्मचारी दरबन्दी कटौती भएको कारण कर्मचारी संख्या कम रहेकोले टोकन मार्फतको काममा समस्या भएको श्रेष्ठको भनाई छ । माथिल्लो कार्यालयलाई समस्या अवगत गर्दै कर्मचारी दरवन्दी माग गरिएको उहाँले बताउनु भयो ।

शेयर गर्नुहोस :

81
Shares