दमक । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमकले मातातिर्थ औंशीको अवसरमा १० जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको छ ।
दमकस्थित डोयना दाहालको घरमा भएको कार्यक्रममा ज्येष्ठ माता सम्मान कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । दमक ८ निवासी आमाहरु देवीमाया तामाङ, कमला देवी भण्डारी, तिलमाया शिवाकोटी, मनमाया आचार्य, नरमाया घिमिरे, नरमाया दंगाल, चन्द्रकला खतिवडा, हिमादेवी सिटौला, श्यामकुमारी खडका र उमादेवी पराजुली लगायतलाई दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरेको संस्थाको सचिव तारानाथ भट्टराईले जानकारी दिनु भएको छ । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक ८ को वडा सदस्य हरिमाया चुडालले सम्मान गर्नु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य चुडाल, प्रतिष्ठानको केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद पौडेल, वडा सदस्य खेम बहादुर श्रेष्ठ पशुपति संस्कृत मावि दमक ८ का विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम दंगाल, प्रतिष्ठानकै पूर्व सहसचिव हरि न्यौपाने लगायतले आमा बुवाहरु समाजका जिउँदो देवता हुन् भन्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा पूर्व शिक्षक शारदा प्रसाद उपाध्यायले आमा कविता बाचन गर्नु भएको थियो ।







प्रतिक्रिया