बिर्तामोड

बिर्तामोडमा प्रभावकारी न्याय सम्पादनका लागि अन्तरक्रिया

बिर्तामोडमा प्रभावकारी न्याय सम्पादनका लागि अन्तरक्रिया


बिर्तामोड । झापाको बिर्तामोडमा न्यायिक समिति र सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले शुक्रवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

बिर्तामोड नगरपालिकाको न्यायिक समितिको आयोजनामा भएको अन्तरक्रियामा मेलमिलापकर्तासहित सरोकारवालाहरुको सहभागिता रहेको थियो । स्थानीय तहबाट भइरहेको न्याय सम्पादनलाई प्रभावकारी बनाउने विभिन्न क्षेत्रका अगुवाहरुले सहजीकरण गरेका थिए ।

झापा जिल्ला अदालतका न्यायाधीश पारसमणी पोखरेल, झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठले सहजीकरण गरेका थिए ।

कार्यक्रममा विवाद समाधानमा आएका नयाँ चुनौतिहरु, न्यायको पहुँचमा अभिवृद्धि र कानुनी प्रक्रिया सरलिकरण, मेलमिलाप प्रणालीको प्रभावकारीता र कानुनी प्रक्रिया, न्यायिक समितिमा प्राप्त हुने निवेदनबारे सहजकर्ताहरुले सहजीकरण गरेका थिए । सो कार्यक्रममा न्याय सम्पादनमा आइपर्ने कठिनाई र प्रक्रियाका बारेमा व्यापक छलफल गरिएको न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

81
Shares