दमक । पूर्वकै नमुना विधालयको नामले परिचित–हिमालय माध्यमिक विधालय दमकले आइतवार नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरेको छ ।
दमक १ मा रहेको हिमालय माध्यमिक विद्यालय दमकको व्यवस्थापन समिति अध्यक्षमा केदारनाथ घिमिरेलाई सवसम्मत चयन गरेको हो । विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा अस्मिता भण्डारी, ममता पोखरेल गुरागाई, मेदनी बराल, कुमार राई, गंगा शिवाकोटी धिमाल चयन भएको नवनिर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यसै गरी विद्यालय ब्यवस्थापन समितिको पदेन सदस्य दमक २ का वडाध्यक्ष प्रजापति सापकोटा, शिक्षक प्रतिनिधि भोज प्रसाद भटराई र सदस्य सचिवमा विधालयका प्रधानध्यापक द्रोर्ण श्रेष्ठ रहनु भएको छ । विधालयको शैक्षिक गुणस्तर वृद्धि र टाढाबाट आएर भाडामा बसी अध्ययन गर्ने विद्यालयहरुका लागि आवास सहितको भवन निर्माण, होटल म्यानेजमेन्ट (व्यवस्थापन) विषय ल्याउन संघीय, प्रदेश र पालिका सरकार लगायतसंग पहल गर्ने नवनिर्वाचित विद्यालय ब्यवस्थापन समिति अध्यक्ष घिमिरेले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
शिक्षाका सरोकारवाला पक्ष र शिक्षा प्रेमी ब्यक्तित्वहरुसँग हातेमालो गरी हिमालय माविको शैक्षिक उन्नतिमा लागि पर्ने साथै यस कार्यमा अभिभावक लगायतले साथ र सहयोग गरि दिन पनि अध्यक्ष घिमिरेको अपिल रहेको छ । व्यवस्थापन समिति सदस्य बरालले पवित्र उद्धेश्यका साथ हिमाविको शैक्षिक उन्नतिका लागि व्यवस्थापन समितिको जिम्मेवारी ग्रहण गरेको बताउनु भयो । घिमिरेले यसअघि हिमाविको शिक्षक अभिभावक संघको संयोजकको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।







प्रतिक्रिया