मुख्य समाचार

अर्जुनधाराबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ

अर्जुनधाराबाट लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ


बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित चिया बगान क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो साढे १ बजेको समयमा उक्त क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको छ । बरामद गरिएको उक्त पदार्थलाई मान्यता प्राप्त तराजुमा जोख्दा प्लास्टिकको तौलबाहेक १२ ग्राम १० मिलिग्राम रहेको पाइएको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–३ का २२ वर्षीय विश्च राजवंशी, अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय सनम खड्का, सोही नगरपालिका–५ का २९ वर्षीय ध्रुव कुमार दनुवार, अर्जुनधारा–११ का २९ वर्षीय मन्दिप राई र सोही स्थानका ३४ वर्षीय उमेश तामाङ रहेका छन् । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने उनीहरूमाथि लागुऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

810
Shares