Banner news

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक


काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज (बुधबार) मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलका नेतालाई बोलाइएको छ ।

बैठकमा संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदम र प्रमुख विपक्षीसँगै अन्य विपक्षी दलहरूको प्रतिवाद रणनीति लगायत एजेण्डामा छलफल हुने बताइएको छ ।

शेयर गर्नुहोस :

162
Shares