Banner news

सार्वजनिक गाडीको भाडा ५ प्रतिशतले फेरि बढ्यो

सार्वजनिक गाडीको भाडा ५ प्रतिशतले फेरि बढ्यो

मतदान गर्न गृह जिल्ला फकर्ने यात्रुको भीड काठमाडौँ १७ फागुन : काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबार आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न आफ्नो गृह जिल्ला फकर्ने यात्रुको भीड । तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौं । सार्वजनिक यात्रुवाहक र मालवाहक गाडीको भाडा फेरि बढेको छ । इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक गाडीको भाडा बढेको हो । बढेको भाडा आज (बुधबार) देखि नै लागू हुनेछ ।

विभागले अन्तरप्रदेश यात्रुवाहक गाडी, पहाडी बाटोमा सञ्चालन हुने र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा ५–५ प्रतिशतका दरले बढाएको छ । यसअघि गएको चैत २५ गते पनि सार्वजनिक गाडीको भाडा बढेको थियो ।

विद्युतीय गाडीले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । विद्युतीय गाडीले भाडा बढाएमा कारबाही हुने विभागको चेतावनी छ । अन्तरप्रदेश चल्ने गाडीको भाडा विभागले र प्रदेशभित्रको सम्बन्धित प्रदेशले समायोजन गर्ने व्यवस्था छ ।

२०७८ साल चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक गाडीको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली लागू गरेको थियो । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा त्यही अनुपातमा भाडा समायोजन गर्ने स्वचालित व्यवस्थाअनुसार भाडा बढाउने निर्णय गरेको विभागले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares