मुख्य समाचार

जंगली हात्तीको आक्रमणबाट बाहुनडाँगीमा आमाछोरी गम्भीर घाइते

जंगली हात्तीको आक्रमणबाट बाहुनडाँगीमा आमाछोरी गम्भीर घाइते


झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार राति ९ बजेतिर बाहुनडाँगी चोक नजिकै आफ्नै घरको बराण्डामा बसिरहेका ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यबद्रा बज्राचार्यलाई जंगली हात्तीले आक्रमण गरेको हो ।

अन्दाजी ८ः३५ बजेको समयमा आएको एउटा जंगली हात्तीले बराण्डाबाट आमाछोरी दुवैलाई तानेर केही परसम्म घिसार्दै पु¥याएको थियो । हात्तीको आक्रमणबाट दुवै जनाको खुट्टा नचल्ने गरी गम्भीर चोट लागेको छ । घाइतेहरू बोल्न सक्ने अवस्थामा रहे पनि उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटना लगत्तै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उनीहरूलाई उद्धार गरी थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको छ । बस्तीमै पसेर हात्तीले आक्रमण गरेपछि यतिबेला बाहुनडाँगी क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।

शेयर गर्नुहोस :

216
Shares