मुख्य समाचार

चन्द्रगढीमा सडक सुरक्षा र आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना

चन्द्रगढीमा सडक सुरक्षा र आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना


झापा । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अन्तर्गत झापाको भद्रपुरमा सडक सुरक्षा तथा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार भद्रपुर नगरपालिका वडा नं. ७ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा सवारी चालक, यात्रु तथा पैदलयात्रीहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी र ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीबाट खटिएको संयुक्त टोलीले सडकमा विभिन्न सवारी साधनका चालक, त्यसमा सवार यात्रु र बाटो हिँड्ने सर्वसाधारणलाई ट्राफिक नियमका बारेमा जानकारी गराएको थियो । बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानी र ट्राफिक संकेतहरूको पालनाबारे टोलीले प्रत्यक्ष रूपमा सचेत गराएको हो ।

यस्तै, सडक सुरक्षाका साथै टोलीले समाजमा बढ्दै गएको आत्महत्याको समस्यालाई न्यूनीकरण गर्न सर्वसाधारणमा सचेतना फैलाएको छ । सो क्रममा टोलीले आत्महत्या रोकथाम सम्बन्धी विभिन्न सन्देश र जानकारीमूलक सामग्री समेटिएका पर्चाहरू समेत वितरण गरेको थियो ।

कार्यक्रमले सडक अनुशासन कायम राख्न र मानसिक स्वास्थ्यप्रति नागरिकलाई जिम्मेवार बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

शेयर गर्नुहोस :

162
Shares