काठमाडौं । नेपालले आइसीसी विश्वकप लिग–२ मा यूएईलाई पराजित भएको छ ।
आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई डीएलएस मेथडमा ६ रनले पराजित गर्दै नेपालले दोस्रो जित दर्ता गरेको हो । यसअघिको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो। योसँगै नेपालले जारी सिरिजमा ४ अंक जोडेको छ।
शुक्रबार नेपालले यूएईसामु जितका लागि २९० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर वर्षाले खेल प्रभावित भएपछि यूएईले ३८ ओभरमा २५५ रनको नयाँ लक्ष्य पाएकोमा निर्धारित ३८ ओभरमा ८ विकेटको क्षतिमा २४८ रन मात्र बनाउन सक्यो।
यूएईका लागि मुहम्मद सद्दाकले सर्वाधिक ६५ रन बनाए। ७२ बलमा ४ चौका र २ छक्का सहयोगमा ६५ रन बनाएका मुहम्मद सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।
हरप्रित सिंहले ४१ र आर्याशं शर्माले ३३ रन थपे। अदीप उस्मानी १४ रनमा आउट भए। सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८९ रनको योगफल तयार पारेको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतक पूरा गरे। उनले ९४ बलमा १३ चौका र १ छक्का सहयोगमा शतक पूरा गरेका थिए।
ओडीआईमा दीपेन्द्रको यो दोस्रो शतक हो।







प्रतिक्रिया