मुख्य समाचार

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवार घाेषणा

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवार घाेषणा


मेचीनगर । मेची उद्योग बाणिज्य संघकाे चुनावका लागि व्यवसायीहरूकाे साझा समूहका उम्मेदवारहरूकाे नाम घाेषणा गरिएको छ ।

शुक्रबार दिउँसो धुलाबारी स्थित हाेटल नाङ्लाेमा पत्रकार सम्मेलन गरेर व्यवसायी खेमराज प्रसाईकाे नेतृत्वमा व्यवसायीकाे साझा उम्मेदवारकाे नाम घाेषणा गरिएकाे हाे ।

व्यवसायीकाे साझा उम्मेदवारहरूमा अध्यक्ष पदमा खेमराज प्रसाईं, बरिस्ठ उपाध्यक्षमा आनन्द खड्का, महिला उपाध्यक्षमा उषा श्रेष्ठ, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर, बाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा,
महासचिवमा दिनेश शाक्य रहेका छन् ।

यस्तै, सदस्यहरूमा दिनेश पाेखरेल, मानकुमार कटुवाल, सुरज चाैधरी, सचिन निराैला, ललित अग्रवाल, मीरा कार्की, विजय गुप्ता, रमा आचार्य वस्नेत, फिराेज बराल र चन्द्र घाेर्साईकाे नाम उम्मेदवारकाे रूपमा घाेषणा गरिएको छ ।

महासचिवका उम्मेदवार शाक्यले घाेषणा गरेकाे नामहरू सबै व्यवसायीहरू रहेकाे बताए । ´व्यवसायीकाे चुनावमा यसपटक सिधैं दलिय हस्तक्षेप छैन्,` अध्यक्षका उम्मेदवार प्रसाईले भने-´ सबै पार्टीका व्यवसायीहरू छन् । सबै व्यवसायीहरू मिलेर उठेका छाैं ।`

व्यवसायीकाे हक, हित र सुरक्षाका लागि व्यवसायी एक भएर लाग्ने प्रणसँगै चुनावी मैदानमा हाेमिएकाे उनकाे भनाई छ ।

प्रसाईले भने ´पहिलाे कार्यकालमा अधुराे रहेका केही कामहरू गर्न बाँकी छ । संघकाे आवाससहितकाे भवन निर्माण, नाकामा चिया, भेनियर, अँधुवा लगायतका व्यवसायीका  समस्याहरू धेरै छन् तिनिहरू पूरा गर्नु छ ।`

मेचीनगर नगरपालिकाकाे साझेदारीमा मेची आम्दा अस्पताल, चारआलीकाे सब्जी मण्डी, भृकुटीकाे टहरा लगायतका कामहरू हुँदै गरेकाे अवस्था रहेकाे प्रसाईंले बताए ।

घाेषणा गरिएका व्यवसायी उम्मेदवारहरू प्राय: सबै पार्टीमा आवद्व रहेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा लगायत दलका व्यवसायीहरू उम्मेदवार रहेका छन् । संघकाे चुनाव यही वैशाख २६ गते हुनेछ । शनिबार  संघकाे २१ औं साधारणसभा धुलाबारी स्थित टाउन हलमा हुँदैछ ।

शेयर गर्नुहोस :

162
Shares