मुख्य समाचार

शिवसताक्षीमा करणी गरेको आरोपमा एक युवा पक्राउ

शिवसताक्षीमा करणी गरेको आरोपमा एक युवा पक्राउ


झापा । झापाको शिवसताक्षी नगरपालिकामा जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
गत २०८२ माघ २० दिउँसो एक १९ वर्षीया युवतीलाई करणी गरेको आरोपमा शिवसताक्षी–९ का वर्ष २३ वर्षीय अमृतधन कुलुङ राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अभियुक्त राईले शिवसताक्षी–९ दुधेमा रहेको आफ्नै पुरानो घरमा गरेर ललाई फकाई जबरजस्ती करणी गरेको भनेर बैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकाले राईलाई खोजतलाशको क्रममा दुधे चोकबाट पक्राउ गरिएको हो । अभियुक्त राईलाई झापा जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

108
Shares