झापा – झापाको बुद्धशान्ति गाउँपालिकामा अवैध लागूऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो राति ८:३० बजेको समयमा बुद्धशान्ति–३ स्थित बुधबारे बजारमा मे २ प २८३६ नम्बरको होण्डा साईन मोटरसाइकलमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले उक्त मोटरसाइकललाई फेला पारेको थियो।
शंका लागेर सोधपुछ तथा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका वडा नं. १ बस्ने कमल ढकालका ३८ वर्षीय छोरा हरी प्रसाद ढकालले मलद्वारमा प्लाष्टिकको पोको बनाई लुकाई छिपाई बोकेको अवस्थामा लागूऔषध ब्राउन सुगर फेला परेको हो। प्रहरीका अनुसार बरामद गरिएको उक्त लिसाईलो पदार्थ २ ग्राम ७२० मिलिग्राम रहेको छ।
लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका ढकाललाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।







प्रतिक्रिया