झापा – झापाको सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले अवैध रूपमा भन्सार छली ल्याइएका विभिन्न किराना सामानहरू बरामद गरेको छ। हिजो बेलुका अन्दाजी ५:०० बजेको समयमा गौरीगञ्ज गाउँपालिका वडा नं. ६ देवीगञ्जस्थित नेपाल-भारत सीमा क्षेत्रबाट ती सामानहरू बरामद गरिएको हो।

भारतबाट दुई वटा साइकलमा बिना बिल अवैध रूपमा सामान ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको एलआरपी टोलीले देखेपछि तस्करहरू सामान छाडेर साइकलसहित फरार भएका थिए। प्रहरीले घटनास्थलबाट १० हजार मूल्य बराबरको पान मसला (नगिन), पापड, मिश्री, शेरा तेल, जाफरानी, किसान सुर्ती, रजनीबास, रजनिगन्धा, अनुप सातु, क्रिम केक, टाईगर तेल र रिफाइन तेल गरी कुल ६३ हजार ६ सय ३४ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
बरामद गरिएका ती किराना सामानहरूलाई आवश्यक प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याएर राखिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया