बिर्तामोड । नेकपाका नेता रन्जित तामाङले बालेन नेतृत्वको नयाँ सरकार सबैभन्दा पहिले गरिब, मजदुर , सुकुम्बासी र भूमिहीनमाथि जाइलागेको बताएका छन् ।
बिर्तामोडमा मजदुरहरुलाई सम्बोधन गर्दै नेता तामाङले सबैभन्दा पहिले सरकार उनीहरुविरुद्ध जाइलागेको बताए । उनीहरुको पक्षमा काम गर्छ भन्ने सोच राख्नु नै गल्ती भएको नेता तामाङले जिकिर गरे ।

नेता तामाङले आधारभूत वर्गका मान्छेहरु अप्ठ्यारोमा परेको बताउँदै वर्तमान सरकारले उनीहरुमाथि नै जाइलाग्नु बेठिक भएको धारणा व्यक्त गरे । सबैभन्दा धेरै संकटमा रहेका गरिव, मजदुर र सुकुम्बासीको पक्षमा काम गर्नुपर्ने सरकारले उल्टो बाटो तय गरेको बताएका हुन् ।
सामाजिक न्यायको अधिकार दिनुपर्ने मजदुर वर्गलाई विल्लीवाठ बनाएर सरकारले आफू गरिबहरुको दुश्मन भएको पुष्टि गरेको छ, नेता तामाङले सम्बोधनका क्रममा भने, यो सरकार पुँजीवादीहरुको एजेण्ट भएको स्पष्ट भयो । यसले पुँजीपतिहरुलाई नै माया गर्छ ।
नेकपा नेता तामाङले नयाँ सरकारमा भएकाहरुले गरिबलाई माया गर्दैनन् भन्दा एक पटक हेरौं भनेको स्मरण गराए । एक पटक हेरौं भन्नुभयो, उनले भने – अहिले सरकारको दुश्मन नै गरिब परिवार भएको छ ।
सरकार औंलामा घाऊ हुँदा हातै काटेर फाल्ने बाटोमा अघि बढिरहेको नेता तामाङको धारणा थियो ।







प्रतिक्रिया