मुख्य समाचार

मेची उद्योग बाणिज्य संघमा १६ पदका लागि ३२ जनाको उम्मेदवारी

मेची उद्योग बाणिज्य संघमा १६ पदका लागि ३२ जनाको उम्मेदवारी


मेचीनगर । मेची उद्योग बाणिज्य संघको आसन्न चुनावमा १६ पदका लागि ३२ जनाको उम्मेदवारी परेको छ । संघको निर्वाचन तालिका अनुसार आइतबार मध्यान्ह १२ बजेदेखि ४ वजे सम्मको मनोनयन दर्ताको समयमा १६ पदका लागि ३२ जनाको उम्मेदवारी परेको हो ।

व्यवसायीहरूले आ–आफ्नो समूह बनाएर उम्मेदवारी दिएका छन् । व्यवसायी खेमराज प्रसाईको नेतृत्वको साझा व्यवसायी समूहबाट अध्यक्ष पदमा प्रसाईं, वरिस्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर, बाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा, महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ र महासचिवमा दिनेश शाक्यले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, महिला सदस्यहरूमा मीरा कार्की र रमा आचार्य (राधा)को उम्मेदवारी रहेको छ । पुरूष सदस्यहरूमा दिनेश पोखरेल, मानबहादुर कटुवाल, सुरज चौधरी, सचिन निरौला, ललित अग्रवाल, विजय गुप्ता, खिरोज बराल (फिरोज) र चन्द्रबहादुर घोर्साईले मनोनयन दर्ता गराएका हुन् ।

यता, व्यवसायी किशोर क्षेत्री (कपिल) को नेतृत्वको समावेशी व्यवसायी प्यानलबाट अध्यक्षमा क्षेत्री, वरिष्ठ उपाध्यक्षमा भुमि पौडेल, उद्योग उपाध्यक्षमा हरिप्रसाद कोइराला, बाणिज्य उपाध्यक्षमा सन्तोष खवास, महिला उपाध्यक्षमा सुन्दरीकुमारी श्रेष्ठ र महासचिवमा ध्रुव कनालले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, महिला सदस्यहरूमा कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङको उम्मेदवारी रहेको छ । सदस्यहरूमा जयकुमार श्राप (सुनार), विनोदकुमार बानियाँ, अर्जुन तिवारी, गोपिकृष्ण गौतम, प्रबुल केसी क्षेत्री, आशिष संग्रौला, तारा श्रेष्ठ र राजेशकुमार बंशलले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

संघको यही वैशाख २६ गते चुनाव हुँदैछ । संघको ३ वर्षे कार्यकालका लागि ६ जना पदाधिकारी, २ जना महिला सदस्य र ८ जना पुरूष सदस्यसहित १६ जनाको कार्यसमिति रहने छ ।

३ जनाको निर्वाचन समित र एक जना प्रमुख सल्लाहकार रहेको छ । जसमा प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता पदम डाँगी, सदस्यहरूमा अधिवक्ता अजय घिमिरे र सीताराम मिश्र तथा प्रमुख सल्लाहकारमा असोककुमार पोखरेल रहेका छन् ।

निर्वाचन तालिका अनुसार उम्मेदवारको नाममा दावी, विरोध, छानवीन, निर्णय र फिर्ताको समय सोमबार ४ बजेसम्म र अन्तिम नामावली प्रकाशन साढे ४ वजे सम्म रहेको छ । चुनाव वैशाख २६ गते विहान ८ वजेदेखि साँझ ५ वजेसम्म र मतगणना वैशाख २७ गते विहान ८ वजेदेखि हुनेछ ।

शेयर गर्नुहोस :

135
Shares