मुख्य समाचार

चोरीका फरार अभियुक्त मेचीपुलबाट पक्राउ

चोरीका फरार अभियुक्त मेचीपुलबाट पक्राउ


भद्रपुर । अर्जुनधारामा भएको चोरीको घटनामा संलग्न भई फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले सीमा नाकाबाट नियन्त्रणमा लिएको छ।

२०८२ मङ्सिर २ गते अर्जुनधारा नगरपालिका–६ कप्तानबारीस्थित दुर्गा बहादुर पौडेल खत्रीको घरमा भएको चोरीको घटनामा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी परेको थियो। सम्मानित जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी समेत जारी भएका ती व्यक्तिहरू वारदात पश्चात् भारततर्फ लुकिछिपी बस्दै आएका थिए।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार राति ९:४५ बजे भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट उनीहरूलाई फेला पारेको हो। पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–४ नयाँबाडी बस्ने ३२ वर्षीय आसिक आलम र भारतको पश्चिम बंगाल घर भएका अङसार आलम रहेका छन्। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

शेयर गर्नुहोस :

135
Shares