आर्थिक

सदस्यको मृत्युपछि शिक्षा सहकारीद्वारा कर्जा मिनाहा

सदस्यको मृत्युपछि शिक्षा सहकारीद्वारा कर्जा मिनाहा


बिर्तामोड । झापाको बिर्तामोड–४ मा मूख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण मिनाहा गरेको छ । संस्थाका शेयर सदस्यको मृत्युपछि उनको परिवारलाई कर्जा मिनाहा गरिएको हो ।

संस्थाका सदस्य बिर्तामोड–३ का बिरेन्द्र तामाङको मृत्युपछि उनकी श्रीमती अर्पणा थापा मगरलाई मंगलबार एक लाख ३० हजार ८२४ रुपैयाँ कर्जा मिनाहा गरिएको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले बताए ।

तामाङको मृत्युपछि परिवार आर्थिक संकटको चपेटामा पनि भन्दै संस्थाले ९ महिनाअघि लिएको ऋणबापतको सो रकम मिनाहा गरिएको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले जानकारी दिए ।

कर्जा मिनाहासँगै संस्थाको मृत्यु संस्कार राहत खर्च वापत कार्यालयबाट १३ हजार १०० रुपैयाँ पनि उपलब्ध गराइएको बताइएको छ । कर्जा लिएको ९ महिनापछि २०८२ माघ २१ गतेउनको असामहिक निधन भएको थियो ।

कर्जा मिनाहासँगै सदस्यको निधनप्रति संस्थाले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धान्जली समेत अर्पण गरेको छ । मृतकले एक लाख ५० हजार रुपैयाँ संस्थाबाट ऋण लिएका थिए ।

शेयर गर्नुहोस :

54
Shares