काठमाडौँ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकताको सहमति भएको छ ।
स्रोतका अनुसार किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । गयराति भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।
यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न ३ बजे काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।
जेन जेड आन्दोलनपश्चात् प्रचण्डले माधव नेपालसहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै उनी जनार्दन शर्मासहित प्रलोपामा लागेका थिए । प्रलोपाको अध्यक्ष परिषद्को जिम्मेवारीबाट बाहिरिएर हर्कसँग सघन छलफल चलाएका थिए । भोजपुरबाट ३ पटक चुनाव जितेका किराती पर्यटन मन्त्रीसमेत बने ।







प्रतिक्रिया