मुख्य समाचार

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट


धनगढी । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ ।

बिहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले बताए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसद, पराजित उम्मेदवार, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधको सहभागिता रहेने रसाईलीले बताए ।

कांग्रेसले समीक्षासँगै आगामी कार्यदिशा पनि तय गर्ने सहमहामन्त्री रसाईलीको भनाई छ । समीक्षा कार्यक्रम बिहान १० बजेदेखि धनगढीको सौराई ब्याङ्केटमा हुनेछ ।

शेयर गर्नुहोस :

27
Shares