बिर्तामोड

बिर्तामोडमा प्रथम मेट्रोपोलिटनको स्मृतिसभा : आध्यात्मिक नेतृत्व र त्यागको उच्च प्रशंसा

बिर्तामोडमा प्रथम मेट्रोपोलिटनको स्मृतिसभा : आध्यात्मिक नेतृत्व र त्यागको उच्च प्रशंसा


बिर्तामोड । झापाको बिर्तामोडमा बिलिभर्स इस्टर्न चर्चका संस्थापक हिज होलिनेस मोरान मोर अथानेसियस योहान प्रथम मेट्रोपोलिटनको विशेष चर्चा गरिएको छ ।

स्वर्गीय मेट्रोपोलिटनको आध्यात्मिक नेतृत्व, त्याग, सेवाभाव, विनम्रता तथा पवित्र चर्चप्रतिको समर्पणको उच्च प्रशंसा समेत गरिएको थियो ।

प्रथम मेट्रोपोलिटनको दोस्रो स्मृति सेवाको अवसरमा आयोजित विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा अधिकांश वक्ताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको समर्पण तथा योगदान बारे चर्चा गरिएको थियो ।

बिर्तामोडस्थित बिलिभर्स इस्टर्न चर्च क्याथिड्रलमा शुक्रवार आयोजित स्मृति कार्यक्रममा मेट्रोपोलिटनले विश्वासी समुदायमा स्थापित गर्नुभएको विश्वास, प्रेम, अनुशासन र सेवाको भावना आगामी पुस्ताका लागि प्रेरणाको स्रोत रहने धारणा व्यक्त गर्नुभएको थियो ।

बिर्तामोड डायोसिसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा धार्मिक, सामाजिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले प्रथम मेट्रोपोलिटनको प्रेरणाले इसाई समुदाय यहाँसम्म आएको धारणा राख्नु भएको थियो ।

भिकार जनरल रेभ. फादर डा. चित्र कुमार रुपाचाको अध्यक्षतामा सम्पन्न स्मृतिसभामा झापा क्षेत्र नं. २ को सांसद इन्दिरा राना मगर, पूर्व प्र.ना.उ. तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति, कोशीका सदस्य धनप्रसाद सिवाकोटी, मेची प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य तथा नेपाल–भारत मैत्री संघका उपाध्यक्ष शिवराज भण्डारी, पूर्व प्रहरी संगठन भद्रपुर नगर अध्यक्ष तथा पूर्व प्र.स.नि. अम्बिका पोख्रेल, उज्यालो नेपालका केन्द्रीय सदस्य सिके बाघे, उज्यालो नेपाल प्रदेश प्रमुख शिवराज लिम्बु, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, सामाजिक व्यक्तित्व शिव उप्रेती लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

रेभ. फादर जगत बहादुर वाग्ले र पुजन लिम्बुले संयुक्त रूपमा सञ्चालन गर्नुभएको कार्यक्रममा चर्चका फादरहरू, विश्वासी तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो । पवित्र स्मरण, श्रद्धाञ्जली तथा प्रार्थनामय वातावरणबीच सम्पन्न उक्त कार्यक्रमले सहभागीहरूलाई भावुक र आत्मिक रूपमा प्रेरित बनाएको आयोजकले जनाएको छ । सो अवसरमा प्रथम मेट्रोपोलिटनको संक्षिप्त जिवनी समेटिएको भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।

शेयर गर्नुहोस :

1.4k
Shares