बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिकै सञ्चालित ‘मामा भान्जा होटल एण्ड लज’ बाट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
होटलमा शंकास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा शनिवार ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको विशेष टोलीले उक्त होटलमा छापा मारेको थियो । खानतलासीका क्रममा होटलबाट दुई जना नेपाली महिला, होटलको रिसेप्सनमा कार्यरत एक कर्मचारी र दुई जना भारतीय पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूसँगै प्रहरीले WB73R5148 नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरूलाई किन र कुन उद्देश्यले होटलमा बसेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।







प्रतिक्रिया