भद्रपुर । झापाको भद्रपुर २ र ३ को दोभानमा रहेको ऐतिहासिक धार्मिकस्थल कीचकबध परिसरनजिक रहेको मातातीर्थ तथा विष्णुपादुका मन्दिरमा आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आय–व्यय सार्वजनिक गरिएको छ ।
सो मन्दिर पसिरमा यही बैशाख ६ गतेदेखि १३ गतेसम्म आयोजना गरिएको महायज्ञको आय–व्यय आइतचबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

मन्दिर सञ्चालक समितिकी उपाध्यक्ष एवम् महायज्ञ मुल आयोजक समितिकी संयोजक तारादेवी सुवेदीको अध्यक्षतामा गरेको पत्रकार सम्मेलनमा आय–व्यय सार्वजनिक गरिएको हो ।
आय–व्यय विवरण अनुसार महायज्ञबाट विभिन्न शीर्षकमा १४ लाख ६४ हजार ७१० रुपैयाँ संकलन भएको छ भने महायज्ञ सञ्चालनार्थ ५ लाख छ हजार पाँच सय रुपैयाँ खर्च भएको छ ।
महायज्ञको वचत रकमबाट पुरानो दायित्व ५ लाख ३७ हजार एक सय रुपैयाँ पनि भुक्तानी गरिएको विवरणमा उल्लेख छ । सबै खर्च कटाएर संस्थासँग महायक्षको वचत रकम ४ लाख २१ हजार रहेको जानकारी दिँदै मन्दिरका अध्यक्ष हेमप्रसाद खनालले अक्षयकोषका लागि संकलित रकम अक्षयकोषमा दाखिला गरेर बाँकी रकमले मन्दिर परिसरको सभाहलको भूइँमा टायल्स बिच्छ्याइने जानकारी दिए ।
उक्त पत्रकार सम्मेलन कार्यक्रम मन्दिर सञ्चालक समितिका सचिव काशीनाथ घिमिरेले सञ्चालन गरेका थिए ।







प्रतिक्रिया