काठमाडौं । संसद बैठक बहिष्कार गरेर बाहिरिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन् ।
संसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्तारुढ दलले आफूखुशी संसद चलाइरहेको बताए ।
उनले भने, ‘हामीे संसद वैठक बहिष्कार गरेको हो । प्रधानमन्त्री नै छैन देशमा । भए त आउनुपर्ने । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुरा अरुलाई पठाउने भइरहेको छ । हाम्रो केही प्रश्न पनि छन् । थुप्रै कुरा छन् । सत्तारुढ दलले मनखुशी चलाइरहेको छ ।’
सांसदहरुलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनु भनेजस्तै गरिएको साम्पाङले बताए ।
उनले भने, ‘समयहरु हुन्छ नि त । नीति तथा कार्यक्रमको छलफल गर्न पनि पर्याप्त समय दिएको छैन । बजेट पनि त्यसै गरिरहेको छ । हामी निस्किसक्या छौं अरु पनि कराइरहेका छौं । अब पब्लिकले मूल्यांकन गर्छन् ।’







प्रतिक्रिया