Banner news

व्यापारीले सातै दिन व्यवसाय गर्न पाउनुपर्छ : पूर्वध्यक्ष शिवाकोटी

व्यापारीले सातै दिन व्यवसाय गर्न पाउनुपर्छ : पूर्वध्यक्ष शिवाकोटी


बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीले बजार बन्दको बहस जरुरी नभएको बताएका छन् । उनले व्यवसायीले आफ्नो व्यवसाय सातै दिन चलाउछु भन्न पाउने बताए ।

बिर्तामोडका व्यापारीहरुले इच्छा अनुसार सातै दिन व्यवसाय गर्न पाउने अधिकार रहेको उनको भनाई छ । पूर्वध्यक्ष शिवाकोटीले व्यापारीको लगानी डुब्दा कसैले सहयोग नगर्ने भन्दै स्वतन्त्र व्यवसायको पक्षमा प्रतिक्रिया दिएका छन् । उनका अनुसार बैंकको महंगो व्याज, कर्मचारीलाई तलव, घर भाडाले व्यवसायीलाई समस्या भइरहेको बेलामा बजार बन्दको बहस जरुरी नरहेको स्पष्ट पारेका छन् ।

वर्षौदेखि बिर्तामोड बन्दको विषयले विवादित बन्दै आएको उनको धारणा छ । आफ्नो कार्यकालमा समेत बजार बन्दको विषय विवादित नै रहेको बताए । एक दिन बन्द कसको लागि ? भन्दा कर्मचारी र व्यापारीकै लागि हो, उनले भने– कर्मचारीलाई एक दिन छुट्टी, व्यापारीलाई रिफ्रेसमेन्ट हुन्छ भनेर नै हो । तर, बजारमा व्यवसायको प्रकृति अनुसार फरक–फरक दिनमा बन्द भइरहेको छ । अटोमोवाइल र आइटी क्षेत्र शनिवार, सैलुन मंगलवार, कपडा र खाद्य सोमवार बन्द भइरहेको छ, उनले भने – यो पनि बन्दको एकरुपता होइन । त्यसैले व्यवसायको प्रकृति अनुसार बन्द गरेमा आपत्ति मान्न हुदैन ।

कोभिडदेखि व्यापारीहरु धेरै समस्यामा रहेको भन्दै पूर्वध्यक्ष शिवाकोटीले स्वेच्छाले व्यापारीहरुलाई बन्द गर्न वा सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । बजारलाई चलायमान गर्न व्यापारीहरुलाई काम गर्न दिनुपर्ने उनको भनाई छ ।
अहिले बिर्तामोडमा शनिवार, आइतवार र सोमवारमध्ये एक दिन बन्द हुनुपर्नेमा व्यवसायबीच मतभिन्नता चलिरहेको छ ।

शेयर गर्नुहोस :

216
Shares