खेल

बिर्तामोडमा ‘प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता हुने

बिर्तामोडमा ‘प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता हुने


बिर्तामोड । झापाको बिर्तामोडमा ‘प्रथम उप–मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । जेठ ३–४ गते हुने प्रतियोगिताको बारेमा आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

बिर्तामोड नगरपालिका वडा नं. ९ खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष विश्वदिप राजवंशीले जानकारी दिए । उनका अनुसार बिर्तामोड नगरपालिका सहआयोजक हुने छ ।
१० वटा वडाबाट टिमहरु सहभागी हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ सय रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष राजवंशीले जानकारी दिएका हुन् । यस्तै, उपविजेता टिमले ५१ हजार १ सय रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।
नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई स्थानीय तहसम्म पु¥याउन, युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासित र सक्रिय बनाउन तथा बिर्तामोड नगरभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका वडाहरूबीच स्वस्थ प्रतिस्पर्धा हुने र सामाजिक सद्भाव अभिवृद्धि गर्ने जनाइएको छ । वडा स्तरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई प्रोत्साहन र विकासको अवसर प्रदान गर्दै युवाहरूलाई अनुशासित र स्वास्थ्यप्रद जीवनशैलीतर्फ अभिप्रेरित गर्ने प्रतियोगिताको उद्देश्य रहेको छ । बिर्तामोडलाई खेलमैत्री नगरको रूपमा विकास र प्रवद्र्धन गर्न प्रतियोगिताले मद्दत पुग्ने आयोजकको भनाई छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूका लागि उचित पुरस्कार, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा वडा नं. ९ का वडाध्यक्ष हरि प्रसाद चम्लागाई, नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ, अफिसियल मिलन लिम्बु लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा कार्यपालिका सदस्य संगीता शिवा, वडा खेलकुद समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

729
Shares