मुख्य समाचार

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो


काठमाण्डाै — आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ४ हजार रुपैयाँले घटेर तोलाको २ लाख ९८ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ५ सय  रुपैयाँ  थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३ सय ५५  रुपैयाँले घटेर  तोलाको ५ हजार ३ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ५ हजार ७ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

शेयर गर्नुहोस :

135
Shares