बिर्तामोड

चेक बाउन्समा बिर्तामोडका शिवाकोटीसहित तीन फरार प्रतिवादी पक्राउ

चेक बाउन्समा बिर्तामोडका शिवाकोटीसहित तीन फरार प्रतिवादी पक्राउ


झापा । जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ्ग कसूर अर्थात् चेक अनादर (चेक बाउन्स) मुद्दामा संलग्न रही फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

झापा जिल्ला अदालत भद्रपुरबाट पक्राउ पुर्जी जारी भएपछि खोजी सूचीमा रहेका उनीहरूलाई प्रहरीले छुट्टाछुट्टै मितिमा नियन्त्रणमा लिएको हो । उनीहरूमाथि बैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा झापाको बिर्तामोड नगरपालिका वडा नं. १ बस्ने ५४ वर्षीय भानु प्रसाद शिवाकोटी रहेका छन् । उनलाई २९ लाख रुपैयाँ बराबरको चेक अनादर गरेको अभियोगमा वैशाख ३० गते पक्राउ गरिएको हो । त्यस्तै, धनकुटा नगरपालिका वडा नं. ६ घर भएका ३८ वर्षीय श्रीवास श्रेष्ठलाई २० लाख १३ हजार २४२ रुपैयाँको चेक बाउन्स प्रकरणमा जेठ १ गते नियन्त्रणमा लिइएको छ । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १३ बस्ने ४२ वर्षीय रमेश राईलाई पनि ११ लाख १३ हजार ५०० रुपैयाँको बैंकिङ्ग कसूर मुद्दामा प्रहरीले पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार कुल ६० लाख २६ हजार ७४२ रुपैयाँ बराबरको चेक अनादर मुद्दामा संलग्न यी प्रतिवादीहरू अदालतबाट दोषी ठहर भई वा मुद्दाको सिलसिलामा फरार रहेका थिए । पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराइने जानकारी दिइएको छ ।

शेयर गर्नुहोस :

6.3k
Shares