खेल

चेल्सीलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि

चेल्सीलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि


काठमाण्डौ – चेल्सीलाई १–० गोलले हराउँदै एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले एफए कपसहित यो सिजनको दोस्रो उपाधि जितेको हो ।

यसअघि सिटीले इङ्लिस लिग कपको उपाधि जितेको थियो । हिजो भएको खेलमा ७२ औँ मिनेटमा सिटीले गोल गर्यो । सिटीका हालान्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे ।

सिटीले योसहित एफए कपको उपाधि आठौँ पटक जितेको छ । सिटीलाई ईंग्लिस प्रिमियर लिगको उपाधि जित्ने अवसर छ । प्रिमियर लिगमा सिटी आर्सनल भन्दा २ अंकले पछाडि छ । प्रशिक्षक पेप ग्वार्डिओलाका लागि ट्रीपल उपाधिको अवसर छ ।

शेयर गर्नुहोस :

162
Shares