मुख्य समाचार

कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु


झापा । झापाको कमल गाउँपालिकामा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक जना वृद्धको मृत्यु भएको छ ।

कमल गाउँपालिका वडा नम्बर १ इट्टाभट्टा स्थित भित्री सडक खण्डमा हिजो बेलुकी अन्दाजी ६ः३० बजे सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट स्थानीय ७० वर्षीय शंकर प्रसाद ढुङ्गाना गम्भीर घाइते भएका थिए ।

दुर्घटनालगत्तै उनको बायाँ खुट्टा र बायाँ कानबाट रगत बगिरहेको र बोल्न नसक्ने अवस्थामा फेला पारिएको थियो । घाइते ढुङ्गानालाई तत्काल उपचारका लागि दमकस्थित निम्स अस्पताल पु¥याइएको थियो । त्यहाँ सामान्य उपचार पछि थप उपचारका लागि बिर्तामोडको बी एण्ड सी अस्पताल रेफर गरिएको थियो ।

थप उपचारकै क्रममा हिजो राती ११ः४५ बजे वृद्ध ढुङ्गानाको बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कमल गाउँपालिकाकै ३५ वर्षीय लुडो सतारलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस :

108
Shares