काठमाडौं । भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । यो पछिल्लो १० दिनमा पेट्रोल र डिजेलको मूल्यमा तेस्रोपटक मूल्यवृद्धि हो ।
पेट्रोल ८७ पैसा र डिजेल ९१ पैसाले महँगो भएको छ । अब राजधानी दिल्लीमा पेट्रोल प्रतिलिटर ९९.५१ भारतीय रुपैयाँ र डिजेल प्रतिलिटर ९२.४९ भारतीय रुपैयाँ पुगेको छ ।
बढेको मूल्य आज बिहान ६ बजेदेखि लागू भएको छ । यसअघि पेट्रोल र डिजेलको मूल्य मे १६ र मे १९ मा बढाइएको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अब सार्वजनिक सवारी साधन, ट्रक, टेम्पोको भाडा बढ्ने र यसले जनजीवनमा गम्भीर असर पार्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्यपूर्वको तनावसँगै तेल र ग्यासको अभावको बीचमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको बताइएको छ ।







प्रतिक्रिया