बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नं ३ बिर्ता बजारमा निर्माण सम्पन्न गरेको कृषि तथा सामुदायिक भवनमा व्यवसाय सञ्चालनका लागि व्यवसायीहरु छनोट गरेको छ ।
छनौट भएका व्यवसायीहरुलाई गोलाप्रथाबाट सटर उपलब्ध गराउने जनाइएको छ । गोला तान्न नगरपालिकाले जेठ १३ विहान ९ बजेलाई बोलाएको छ ।

व्यवसायीहरुसँग नगरपालिकाले व्यवसाय सञ्चालन गर्न इच्छुकहरुलाई निवेदन माग गरेको थियो । सो निवेदनका आधारमा नगरपालिकाले ५३ जना व्यवसायी छनोट गरिसकेको छ । जेठ ८ गते को निर्णयअनुसार व्यवसायी छनौट गरिएको सम्बन्धमा कुनै गुनासो भए ५ दिनभित्र लिखित रुपमा नगरपालिकामा पेश गर्न आव्हान समेत गरिएको छ ।
बिर्ताबजार क्षेत्रमा फुटपात व्यवसायी हटाएर नगरपालिकाले व्यवस्थित भवन निर्माण गरेको हो । उक्त भवनमा व्यवसाय सञ्चालन गर्न रेडिमेट कपडा, थान कपडा, कस्मेटिक, चिया नास्ता, जुत्ता, किराना, कृषि सामग्री विक्रेताहरुले निवेदन पेश गरेका थिए ।








प्रतिक्रिया