बिर्तामोड

लागूपदार्थ दुर्व्यसनविरुद्ध अभिभावकको भूमिका प्रभावकारी हुनुपर्ने

लागूपदार्थ दुर्व्यसनविरुद्ध अभिभावकको भूमिका प्रभावकारी हुनुपर्ने


बिर्तामोड । लागूपदार्थ दुर्व्यसनमा लाग्न नदिन अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने बताइएको छ । बिर्तामोडमा शनिवार आयोजित एक कार्यक्रममा अभिभावकहरुलाई लागूपदार्थ दुव्र्यसनीबारे सचेत गराउदै जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।

झापा बिर्तामोड क्षेत्रका अभिभावकहरुलाई लक्षित गरेर आयोजना गरिएको लागूपदार्थ दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रममा लागूपदार्थ दुव्र्यसनीमा लागेपछि सामान्य जीवनमा फर्किन कठिन हुने बताउँदै बताइएको थियो ।

नेपाल स्काउटको प्रदेश कार्यालयले आयोजना आर्थिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र बिर्तामोड स्काउटको  व्यवस्थापनका गरिएको प्यानल डिस्कशनमा लागूपदार्थ दुव्र्यसनीबाट टाढा राख्ने पहिलो जिम्मेवारी नै घरपरिवारमा रहने स्काउटका प्रमुख आयुक्त निकुञ्ज शर्माले जानकारी दिए । उनले अभिभावकहरुलाई भने, छोराछोरी पढेको कोठामा जानुहोस्, अंकमाल गर्नुहोस् । आत्मिय पनि बन्नुहोस् । छोराछोरीको निरीक्षण गर्ने दायित्व नै आमा बुबाको भएको भन्दै बेलैमा सचेत नभए छोराछोरी कुलतको बाटोमा लाग्न सक्ने चेतावनी दिए । उनले सुरुमै नियन्त्रण गर्न नसके सुधार गृह वा जेलको बास हुने दावी गरे ।

बिर्तामोड नगरपालिकाका नगरउपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बालबालिकाहरुलाई गलत बाटोमा लाग्न नदिन अभिभावकको भूमिका प्रभावकारी हुनुपर्ने बताए । बालबालिकाहरुलाई धेरै स्वतन्त्रता छोड्दा पनि कुलतको बाटोमा लाग्न सक्ने भन्दै सतर्कता अपनाउन सूझाव दिए । उनले लागूऔषधले मानव जीवनलाई नै सिध्याउने, आर्थिक अवस्था र सामाजिक मान प्रतिष्ठा बर्बाद गरिदिने बताए । छोराछोरी ठुला भए भनेर हुदैन, चिन्ता पनि लिने गरौं, उनले भने ।

लागूऔषध विरुद्ध सचेतना प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा अभिभावकहरुको न्यून उपस्थिति रहेको थियो । प्रमुख आयुक्त शर्माले अभिभावकको कमजोर उपस्थितिबारे गुनासो व्यक्त गरेका थिए । महत्वपूर्ण कार्यक्रमका लागि ६० जनाभन्दा धेरै अभिभावकलाई खवर गरिएको उनको भनाई थियो । ६० जनालाई खवर गरे पनि उपस्थिति न्यून रहेको थियो ।

शेयर गर्नुहोस :

1k
Shares