बिर्तामोड । झापाको बिर्तामोडमा आज दिउँसो प्रहरीले मसाज सेन्टरहरुमा छापा हानेको छ । नयाँ डिएसपी सन्तोष पाठक आएको दोस्रो दिनमा बिर्तामोड क्षेत्रका मसाज सेन्टरहरुमा छापा मारेको हो ।
प्रहरीले छापा हान्ने क्रममा केही युवतीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले छापा हान्ने थाहा पाएपछि मसाज सेन्टरमा रहेका युवाहरु पछाडिको बाटोबाट हामफालेर भागेको सूचना प्राप्त भएको छ ।
बिर्तामोडमा रहेका करिव एक दर्जन मसाज सेन्टरमा प्रहरीले गतल गतिविधि हुने गुनासो आएपछि छापा हानेको हो । यौनजन्य गतिविधि हुने सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाइएको छ ।
मसाज सेन्टरका नाममा यौनधन्दा सञ्चालन गरिरहेको सर्वसाधरणको गुनासो छ । कतिपय मसाज सेन्टरका सञ्चालकले गलत काम नगर्नेहरुलाई प्रहरीले बदनाम गरेको प्रतिक्रिया दिएका छन् ।







प्रतिक्रिया