बिर्तामोड । स्पाइन एक्स सुपरस्पेसियलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा एकै पटक विरामीको दुई वटै घुँडाको अपरेशन गरिएको छ । अस्पतालले दुई वटा घुँडाको लिगामेन्ट प्रत्यारोपण गरेको हो । नेपालमै पहिलो पटक एकै पटक दुई वटा घुँडाको अपरेशन सफलतापूर्वक गरिएको डा. प्रेम शाहीले जानकारी दिए ।
हस्पिटलका अध्यक्ष बरिष्ठ स्पाइन सर्जन डा. प्रेमबहादुर शाहीले दुरविनबाट दुई वटा घुँडाको एकैपटक सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिएका हुन् । उनले पाँचथरका डिल्ली सुवेदीको दुई वटा घुँडाको एकैपटक सफलतापूर्वक शल्यक्रिया गरी लिगामेन्ट प्रत्यारोपण गरिएको बुधबार पत्रकार सम्मेलन गर्दै बताए ।

दुर्घटनाका क्रममा सुवेदीको घुँडामा समस्या आएको थियो । डा. शाहीका अनुसार एसियल र पिसिएल लिगामेन्टमा समस्या आएको थियो । उनका अनुसार विरामीको लिगामेन्ट, कुर्कुरे हाड समेत च्यातिनु संवेदनशिल समस्या हो ।
अपरेशन गर्दा पालैपिलो गर्ने विगतको अभ्यास तोडेर एकै पटक गरेको सुनाए । एउटा अपशरेन गरेर अर्को गर्ने हो कि भन्ने थियो, डा. शाहीले भने – विरामीले लामो समय कुर्नुपर्ने र पालैपिलो गर्दा पनि समस्या हुन सक्ने भएपछि एकै पटक अपरेशन गरेका हौं । उनले उक्त अपरेशनलाई सफलता रुपमा लिएको स्पष्ट पारे ।

यस्तै, आफूहरूले घाइते खेलाडीहरूको सफलतापूर्वक उपचार गरेको बताउँदै खेल्ने क्रममा घाइते खेलाडीहरू तुरुन्त स्पाइन एक्स हस्पिटलमा आए चाँडै निको भएर पुनः खेल्न सक्ने जनाए । हाडजोर्नी सम्बन्धी सम्पूर्ण उपचार बिना शल्यक्रिया तथा शल्यक्रियाबाट गरिने बताउँदै डा.शाहीले अब उपचारकै लागि काठमाडौंसम्म जानुनपर्ने जनाए ।
अपरेशन गराएका डिल्ली सुवेदीले आफू स्पाइन एक्स हस्पिटलको सेवाबाट आफू सन्तुष्ट बनेको प्रतिक्रिया दिए । डाक्टरहरुले पनि जोखिम लिएर काम गर्नुभएको उनको भनाई थियो । हस्पिटलकी सिइओ अस्मिता कठेतले स्पाइन एक्स हस्पिटलले प्रदान गरिरहेको उपचार सेवाले विरामीहरुलाई सन्तुष्ट बनाएको बताइन् ।







प्रतिक्रिया