बिर्तामोड । सुरुङ्गा जेसीजको आथित्यतामा शुक्रबारबाट नेपाल जेसीजको जेसिआइ एकाडेमी सुरु भएको छ ।
होटल सिदार्थमा सुरु तालिमको उदघाटन संविधान सभा सदस्य सुदिर सिवाकोटीले गर्नु भएको थियो ।
४ दिन सम्म सन्चालन हुने तालिममा देशभरका ५० जना युवाहरुको सहभागिता रहेको छ । तालिमका लागि जेसीआई इण्डियाका २०१४ का राष्ट्रिय अध्यक्ष दिपक नाहर, भारतबाटै सरिता सिन्ना र नेपालबाट किरण केसि प्रशिक्षक रहनु भएको छ ।

राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीको सभापतित्वमा सम्पन्न एकाडेमिमा पुर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल, नेपाल जेसीजका तालिम आयुक्त राजन पौडेल, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष योगेश राजबन्सी, नवराज उपाध्याय, प्रमुख प्रशिक्षक दिपक नाहरलगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा विभिन्न शाखाका अध्यक्ष, राष्ट्रिय पदाधीकारीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।
शाखा अध्यक्ष मेनुका उप्रेतीले स्वागत, आस्थापाठ कोषाध्यक्ष सरिता गुरगाइ तथा सन्चालन महासचिव जेनिस चौलगाइले गर्नु भएको थियो ।







प्रतिक्रिया