Banner news

बोरामा बाँधेर रतुवामा फालिएको अवस्थामा महिलाको शव फेला

बोरामा बाँधेर रतुवामा फालिएको अवस्थामा महिलाको शव फेला


बिर्तामोड। झापाको दमकमा बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा आज बिहान ११ बजे शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार शव गन्हाएको अवस्था भेटिएको थियो । अन्दाजी ३०–३२ वर्षकी जस्तो देखिने महिलाको पहिचान खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

216
Shares