Banner news

वालेन्द्रलाई एकछिन पनि प्रधानमन्त्री पदमा बस्ने अधिकार छैन : भीम रावल

वालेन्द्रलाई एकछिन पनि प्रधानमन्त्री पदमा बस्ने अधिकार छैन : भीम रावल


नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री वालेन्द्र शाहलाई एकछिन पनि प्रधानमन्त्री पदमा बस्ने अधिकार नभएको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ’ भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नु भएछ’, रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भू–भाग मिचेको छ भन्ने भुट्टा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।’

रावलले प्रधानमन्त्री शाहलाई आफ्नो भनाइलाई पुष्टि गर्नसमेत चेतावनी दिएका छन् । साथै, यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति र सो पार्टीका सांसदहरूले पनि जवाफ दिनुपर्ने उनको माग छ ।

 

शेयर गर्नुहोस :

216
Shares