बिर्तामोड । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) झापा च्याप्टरले आज आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि पूर्वेली युवा क्लबले जितेको छ ।
बिर्तामोड – १ को एब्सोल्युट फुटसलमा भएको प्रतियोगितामा बिर्तामोड उद्योग वाणिज्य संघविरुद्ध जीत निकाल्दै पूर्वेली युवा क्लबले उपाधि हात पारेको हो । प्रतियोगितामा ८ टिम सहभागी भएका थिए ।
दुई समूहमा विभाजन गरिएको टिममा ‘ग्रुप ए’ मा बिर्तासिटी, नेपाल इन्जिनियरिङ एसोसिएसन, एनवाइईएफ झापा च्याप्टर र बिर्तामोड चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री रहेको थियो ।

यस्तै, ‘ग्रुप बी’ मा होटल मेची क्राउन, बिएण्सी हस्पिटल, पूर्वेली युवा क्लब र कन्ट्रयाक्टर एसोसिएसन झापा रहेका थिए । समूह चरणको रोमाञ्चक खेलपछि भएको फाइनलमा पूर्वेली युवा क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जितेको हो । उपाधि विजेतालाई नगद १० हजार र ट्रफी प्रदान गरिएको थियो । उपविजेतालाई ट्रफी मेडल प्रदान गरिएको थियो ।
एनवाइईएफ झापा च्याप्टरका अध्यक्ष गणेश पौडेलले विजेता टोलीलाई बधाई दिँदै पुरस्कार वितरण गरेका थिए । उनले खेलकुद गतिविधिले युवाहरूमा स्वस्थ्य जीवनशैली, टिम वर्क र खेल भावनाको विकास गर्न सहयोग पुग्ने बताए ।
सहभागी सम्पूर्ण टोली, प्रायोजक तथा दर्शकहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रतियोगिताका क्रममा खेलाडीहरूले देखाएको उर्जाले आयोजक प्रभावित भएको खेल संयोजक ई. अजित ढुङगानाले जानकारी दिए ।
युवा उद्यमीको साझा संस्था एनवाइईएफले युवा सशक्तीकरण, खेलकुद प्रवद्र्धन तथा सामुदायिक सहकार्यका लागि झापाका विभिन्न स्थानमा रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।







प्रतिक्रिया