बिर्तामोड । झापाको दमकमा बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार उक्त शव दमक – ८ बसन्त टोल बस्ने नारायण तिवारीको छोरी वर्ष २१ की रोमा भन्ने रमा तिवारी रहेको खुलेको छ ।
दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि उनको शव फेला परेको थियो ।
तिवारी जेठ १३ गते राती ९ बजेपछि घरबाट आफूखुसी हिडेको परिवारले जनाएको छ । उनको शब बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा शनिवार फेला परेको थियो । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको थियो ।
शव भेटिए लगत्तै प्रहरीले महिलाको पहिचान गर्न सुरु गरेको थियो । शवको पहिचान भएसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको झापा प्रहरीले जनाएको छ ।







प्रतिक्रिया