Banner news

प्रेमीकाको हत्या गरी रतुवा पुलमुनि शव फाल्ने पक्राउ

प्रेमीकाको हत्या गरी रतुवा पुलमुनि शव फाल्ने पक्राउ


दमक। दुई दिन अघि दमकको रतुवा पुल मुनी मृत फेला परेकी रमा तिवारीलाई उनकै प्रेमीले हत्या गरेको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेपछि रमा हत्यामा प्रेमीको संलग्नता भएको खुलेको हो । २ दिन अघि रमाको शव रतुवा खोलाको पुल मुनि बोरामा हालिएको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । प्रहरीले घटना संलग्न एक जनालाई पक्राउ गरे पनि पनि नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्ती र रमा विच प्रेम सम्बन्ध रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक र रोमा केही समयदेखि सम्पर्कमा थिए । लागु औषध प्रयोग कर्ता रहेका ती युवा दमकको सुधार केन्द्रमा बस्दै आएका थिए । उनी जेठ १३ गते सुधार केन्द्रबाट बाहिर आएका थिए । सुधार केन्द्रबाट बाहिर आएपछि रमाको हत्या भएको थियो ।

हत्या कसरी भयो, शव रतुवा खोलासम्म कसरी पुर्‍याइयो तथा घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन ।

शेयर गर्नुहोस :

1.4k
Shares