बिर्तामोड । झापाको मेचीनगर नगरपालिका–९ स्थित गोमनसरी सिमेन्ट फ्याक्ट्री नजिकै भित्री पक्की सडक खण्डमा आज बेलुका सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सतिघट्टाबाट इँट्टाभट्टातर्फ आउँदै गरेको होलिबेल बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे ९ प ९००४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक झापा मेचीनगर नगरपालिका–७ बस्ने २५ वर्षीय अजय राजवंशी र सोही मोटरसाइकलको पछाडि सवार भारत किसनगंज गलगलिया बस्ने ३३ वर्षीय अजय माझी गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा ५ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । हाल मृतक दुवै जनाको शव सोही अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेका दुवै सवारी साधन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन् भने बस चालक झापा मेचीनगर नगरपालिका–११ बस्ने ४२ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।







प्रतिक्रिया