दमक । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोसो राष्ट्रिय महाधिवेशनले गोपाल बराइलीको अध्यक्षता ३२ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

काठमाडौको चन्दागिरी नगरपालिकाको मोर्डन पार्टी प्यालेसमा भएको महाधिवेशनले बराइलीलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका उम्मेदवार सन्तोष गन्धर्वले उम्मेदवारी फिर्ता लिएपछि गोपाल बराईली सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दिपक सोनीले जानकारी दिनुभयो ।
केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल ,उपाध्यक्षहरूमा सावित्री रसाइली, मानसिह विक, सुशील दर्नाल, नरभुपाल विक, विनोद परियार, भोला पासवान , टेकेन्द विश्वकर्मा, प्रेम ब.विक, भीम बहादुर गन्धर्व र सरिता बराइलीलाई चयन गरेको छ ।
यसैगरी महासचिवमा करन ताम्राकार, सचिवहरूमा राजेश कुमार पासवान, सुनिता नेपाली, चिन्ता परियार, बसन्त विश्वकर्मा र कोषध्यक्षमा सञ्जय सौगात चयन भएका छन् । महाधिवेशनले ३२ सदस्यीय समिति चयन गरेको निर्वाचन समितिले जनाएको छ ।







प्रतिक्रिया