मुख्य समाचार

अर्जुनधारामा करेण्ट लागेर एक जनाको मृत्यु

अर्जुनधारामा करेण्ट लागेर एक जनाको मृत्यु


झापा । झापाको अर्जुनधारामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–११ काली मन्दिरस्थित हिले खोलामा माछा मार्ने क्रममा स्थानीय ४४ वर्षीय डम्बर हस्दा सागर को मृत्यु भएको हो ।

आज दिउँसो २ बजेको समयमा हस्दाले आफ्नै घरबाट बिजुलीको तार लगी खोलामा करेण्ट लगाएर माछा मार्ने प्रयास गरेका थिए। सोही क्रममा अचानक आफैँलाई करेण्ट लाग्दा उनी पानीमा डुबेका थिए। घटना लगत्तै उनी पानीमा मृत अवस्थामा भेटिएका थिए ।

घटना लगत्तै अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रविण श्रेष्ठको कमाण्डमा थप प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

शेयर गर्नुहोस :

0
Shares