Banner news

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने

भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने


दिल्ली – भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आईपुग्नुभएको छ । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ ।

उहाँ यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिनुभएको थियो । उहाँले मे १६ मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) स्थापना गर्नुभएको हो ।

यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रुपमा ‘कक्रोच’ र ‘परजीवी’ भनेपछि शुरु भएको थियो । कक्रोच जनता पाटीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेको छ ।

डिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनुभएको छ । दिल्लीमा भीड नगर्न समर्थकलाई उहाँको आग्रह छ । भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ ।

शेयर गर्नुहोस :

0
Shares