काठमाडौँ । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा मगर श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा गएराति पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर ६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए। रड लागेर गम्भीर घाइते भएकी ईश्वरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।
वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी नेपाली ब्रोको रुपमा परिचित थिए।
रड प्रहार गर्ने थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया