बिर्तामोड । सहमतिबाट नेतृत्व चयन गर्न असफल भएपछि रास्वपा झापामा निर्वाचन भएको छ । अध्यक्षमा ३ जनाले दावी नछोडेपछि निर्वाचन गरिएको हो । अध्यक्षसहित अन्य पदहरुमा समेत मतदान भएको छ ।

८ जनाका लागि २७ जनाले उम्मेदवारी प्रस्तुत गरेका थिए । अध्यक्षमा अर्जुन मैनाली, ओमनाथ भण्डारी र लक्ष्मण बस्नेतले उम्मेदवारी दिए । निर्वाचन मार्फत अध्यक्ष चयनका लागि तयार भएका उनीहरुले सहमति जुटाउन सकेनन् । यस्तै, १ उपसभापतिका लागि ४ जना उम्मेदवार निर्वाचनमा सहभागी भए । १ सचिव पदका लागि २, १ सहसचिवका लागि ३, जातीय आधारमा १ सदस्यका लागि ३ र खुल्ला तथा महिला सदस्य ३ जनाका लागि १२ जनाले उम्मेदवारी दिए ।
नेतृत्व चयनका लागि आज दिउँसो बिर्तामोडस्थित चिरायु पार्टी प्यालेशमा निर्वाचन सम्पन्न गरिएको छ । ८१४ जना प्रतिनिधि रहेको प्रथम अधिवेशनमा गणनाको लागि तयारी भइरहेको बताइएको छ । आजै मतणना सुरु गर्ने योजना अनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
८ पदका लागि २७ जनाले उम्मेदवारी दिएको मतपत्रमा १ जना दलित समुदायको उम्मेवार नरहेको पाइएको छ ।







प्रतिक्रिया