Banner news

रास्वपा झापा सभापतिमा भण्डारी निर्वाचित

रास्वपा झापा सभापतिमा भण्डारी निर्वाचित


झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा सभापतिमा ओम भण्डारी निर्वाचित भएका छन् । दुई प्रतिस्पर्धी लक्ष्मण बस्नेत र अर्जुनकुमार मैनालीलाई पछि पार्दै भण्डारी अध्यक्ष निर्वाचित भएका हुन् । हिजो भएको निर्वाचनमा करिब ६५० मत खसेको थियोे । भण्डारी ३४१ मत प्राप्त गर्दै विजयी बनेका हुन् । प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी अर्जुनकुमार मैनाली २५ मत मात्रै ल्याए ।
सो पार्टीको जिल्ला उपसभापतिमा पुष्पलाल ढकाल २१० मत लयाएर विजयी भए । प्रतिस्पर्धी शान्ता तामाङ १९८ र लीला खड्काले १११ मत ल्याए । उपसभापतिमा अत्यन्त थोरै मतान्तरले ढकाल विजयी भएका हुन् ।
सचिवमा विरोध सुवेदी ३६८ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी रविन खड्काले २३५ मत ल्याए । सहसचिवमा भीम कुँवर ३५२ मतसहित निर्वाचित भएको जनाइएको छ । प्रतिस्पर्धी राजेन्द्र बराल १९३ र लक्ष्मी रेग्मीले ७४ मत पाए। थप विवरण आउन बाँकी छ । अधिवेशन स्थलमा प्रतिनिधिको विषयलाई लिएर केहीबेर घम्साघम्सीसमेत भएको थियोे ।
पार्टीको झापा १ सभापतिमा १०८ मतसहित कमल गौतम, झापा ३ मा कमल बानियाँ ४८ मत र झापा ५ मा चुडामणि पाठक ५३ मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । झापा २ मा गोपाल कटुवाल र झापा ४ मा लीलामाया बस्नेत निर्विरोध सभापति बनेका थिए ।

शेयर गर्नुहोस :

0
Shares