खेल

भारतले फेरि जित्यो साफ महिला च्याम्पियनसिप

भारतले फेरि जित्यो साफ महिला च्याम्पियनसिप


काठमाडौं । बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । महिला फुटबलमा दक्षिण एसियामा ‘पावर हाउस’का रूपमा देखिएको भारतको यो छैटौँ उपाधि हो ।

शनिबार गोवामा आयोजित आठौँ संस्करणको फाइनलमा भारत पहिलो हाफमा केही अलमलिएको देखिएको थियो । अन्ततः आरामदायी ढंगले बंगलादेशलाई पन्छाउन सफल भयो ।

भारतको जितमा सन्फिदा नोङरुम र लिन्दा कोम सेर्टोले दोस्रो हाफमा गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो ।

भारतका निम्ति खेलको ४२औँ मिनेटमा छाछाले गोल गरेकी थिइन् । तर, पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशकी रीतुपुर्ण चक्काले गोल फर्काइन् । दोस्रो हाफमा भारत खेलमा हाबी देखियो । नोनग्रुम सन्फिदाले दोस्रो हाफ सुरु भएलगत्तै ४६औँ मिनेटमा गोल गर्दा भारतको आत्मविश्वास बढायो पनि । उनका अलावा ८२औँ मिनेटमा लिदा कोम सिद्धले थप एक गोल गरेपछि खेलमा भारत निकै अगाडि बढेको देखिएको थियो ।

बंगलादेशले भने त्यसपछि गोल फर्काउन सकेन । सन् २०१९ पछि यसपालि भारतले साफ च्याम्पियनसिपको उपाधि चुमेको हो । त्यति बेला विराटनगरमा आयोजित पाँचौँ संस्करणको फाइनलमा भारतले घरेलु टोलीलाई ३–१ ले हराएको थियो ।

शेयर गर्नुहोस :

0
Shares