Banner news

बिर्तामोडका कृषकलाई अनुदानमा कृषि औजार वितरण

बिर्तामोडका कृषकलाई अनुदानमा कृषि औजार वितरण


बिर्तामोड – बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले संयुक्त रूपमा कृषकहरूलाई सामग्री हस्तान्तरण गर्नुभयो।

 कृषि विकास शाखाका अनुसार यसपटक कृषकहरूलाई मकै छोडाउने मेसिन २६ थान, स्प्रे ट्याङ्की १४२ थान, ड्याङ लगाउने हलो ५९ थान, झार गोड्ने काँटा २० थान र हर्वना ३० थान वितरण गरिएको छ। नगरपालिकाले मकै छोडाउने मेसिनमा ७० प्रतिशत र अन्य बाँकी सबै औजारहरूमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले कृषकहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष कृषि सामग्री वितरण गर्दै आएको बताउनुभयो। उहाँले प्राप्त भएका कृषि औजारहरूको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह समेत गर्नुभयो।

त्यसैगरी नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कृषक लक्षित यस्ता कार्यक्रमहरूलाई क्रमागतरूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभयो। उहाँले कृषकको आवश्यकतालाई ध्यानमा राख्दै कृषि विकास शाखा तथा पशुपंक्षी र मत्स्य विकास शाखा मार्फत विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

शेयर गर्नुहोस :

0
Shares